काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्टार बोर्डिंङ चोकस्थित सडकमा लु.२ ख ५९१८ नम्बरको गाडीले रा.१ ह ४४५९ नम्बरको अटोलाई आइतबार बिहान ठक्कर दिँदा अटो सवारमा तुलसीपुर उपमहानगरपालिका-१६ बस्ने १३ वर्षीय दामोदर भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य ४ मध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको, १ जनालाई थप उपचारको लागि नर्सिङ होम अस्पताल नेपालगंज रिफर गरिएको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । गाडीका चालक र सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-४ बस्ने ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नाला खस्दा आइतबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-