२०८३ बैशाख २७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन ‘शिलान्यास’ मञ्चन

गण्डकी प्रेस
भदौ २७, २०८० २०:१६ मा प्रकाशित
समाचार, साहित्य/मनोरञ्जन
विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन ‘शिलान्यास’ मञ्चन
21
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरें । कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले नाटकले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सघाउने बताए । नाट्य क्षेत्र महत्वपूर्ण क्षेत्र भएको भन्दै यो क्षेत्रमा भविष्य भएको दावी समेत उनले गरें ।

महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले निरन्तर महोत्सव आयोजना गर्न सबैको साथले सम्भव भएको बताए । विद्यालय नाटक महोत्सव आयोजना गरेको पाँच वर्षमा केही उपलब्धि देखिन थालेको उनको भनाई थियो ।

पोखरा थिएटरका संस्थापक सञ्चालक दीलप्रसाद गुरुङले नाटक महोत्सव प्रतिको चासो बढ्न थालेको बताए । रङ्गमञ्च क्षेत्रको विकास तथा उत्थानका लागि स्थापित थिएटरले आफ्नो स्थापनाकालदेखि नै नाटक मञ्चन, विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाट्य महोत्सव तथा विभिन्न रङ्गमञ्चीय गतिविधिहरू आयोजना गर्दै आइरहेको उनले खुलाए ।

पोखरा थिएटरले आयोजना गरेको महोत्सव आगामी असोज १२ गतेसम्म सञ्चालन हुनेछ महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक गरेर कुल १५ नाटक देखाइनेछ ।

महोत्सवको पहिलो दिन बुधबार हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन गरियो । भीमनिधि तिवारीले लेखेको नाटक रमेश तिमल्सिनाको निर्देशनमा मञ्चन भएको हो ।

नाटकमा आशिष लामिछाने, सचिन भित्रकोटी, रोनीक मल्ल, स्यासिन पुन, प्रतिज्ञा कुवर, कृष गुरूङ, आदित्य लामा गुरूङ, भगवत थापा मगर, स्वरूप सुबेदी , अंकित तिमिल्सिना, आदित्य गुरूङ , अर्पण लामिछाने, आर्यान तिमिल्सिना, प्रमिसा लामिछानेको अभिनय गरेका थिए ।

यसैगरी एस्लीन गुरूङ, जितेश गुरूङ, सन्देश परियार, सगुन गुरूङ, लियम गुरूङ, यत गुरूङ, मनिस सिग्देल, दिप्सन गुरूङ, जोयान गुरूङ, सुदिप सुनार, सुजन कुँवर, सुजन कार्की, बिनिता वानीयाँ, स्वीकार कट्टेल, युमिका गुरुङ, पवन गुरुङ, हिमाल गुरुङ, प्रत्यूस अधिकारीको अभिनय समेत दर्शकले हेर्न पाए ।

भोली भाद्र २८ गते बिहीबार नवदिप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक हेर्न पाइनेछ । सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार भएको छ । यो नाटकमा सोमिया खातुन, सृष्टि अधिकारी, अनुस्का गुरूङ, लेबिस्का परियार, सोइक्षा परियार, रियाना सुनार, रिया गुरूङ, शिवानी थापा, निमृता गुरूङ, ममता गुरूङ, रिद्दी गुरूङ, गिष्मा बुडाथोकी, शुसान्त गुरूङ, सुप्रिया शेर्पा, सुवास गुरूङ, सुविक्षा सुनार, सलिसा गुरूङ र श्वेता गुरूङको अभिनय रहनेछ ।

नाटक दिउँसो साढे १ बजे गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुने आयोजकले जनाएका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले सहकार्य गरेका छन् । महोत्सवको प्रर्वद्धकको रुपमा पोखरा महानगरपालिका रहेको छ । पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरले जनाएको छ । हरेक विद्यालयलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिने थिएटरले जनाएको छ ।

सम्बन्धित समाचार

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ
अपराध

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न
प्रमुख समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश
प्रमुख समाचार

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या
अपराध

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 
खेलकुद

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र