अन्तराष्ट्रिय आत्महत्या राेकथाम दिवसकाे अवसर पारेर आज पाेखरा थिएटरमा ” परिवन्धकाे परिणाम” शीर्षककाे नाटक मंचन गरियाे ।
प्रा डा निर्मल लामिछानेकाे लेखन तथा निर्देशनमा मंचन गरिएकाे साे नाटकमा घरेलु हिंसा र गैर जिम्वेवारपूर्ण सम्वन्धले कसरी निम्त्याउछ आत्महत्या भन्ने विषय दर्शाइएकाे थियाे।
४५ मिनट लामाे साे नाटकमा, प्रेम विवाह पछि अाफ्नाे श्रीमानकाे विश्वासघात, घर परिवारले दाइजाेकाे विषय लिएर दिईरहेकाे मानसिक यातना र अन्तत श्रीमानकाे कुटाई पिटाई आदि घरेलु हिंसा सहनै नसकेपछि माइत फर्केकी छाेरीलाई माईतमा पनि बाबा अामाले आफुखुशी प्रेम विवाह गरेर गएकी मान्छे याे घरमा पाइलाे नटेक भनेपछि पिडित प्रहरीमा जान्छेन् र प्रहरीले “पनि घर जउ” मिलेर बस भनेपछि उनी घर जान सक्दिनन् र अन्तत आत्महत्या गर्ने प्रयत्न गर्छेन् । यसरी आत्महत्याका विविध कारणहरु मध्ये घरेलु हिंसा पनि एक हाे भनेर दर्शाउन खाेजिएकाे थियाे ।
गण्डकी मेडिकल कलेजका छात्राहरुकाे कुशल अभिनयमा मंचन गरिएकाे साे नाटकले खचाखच हल भरिएका दर्शकहरुलाई भावुक बनाएकाे थियाे ।
कार्यक्रममा नाटक मंचन पूर्व अात्महत्या राेकथामलाई नै लक्षित गरिएकाे प्रा डा निर्मल लामिछाने कै शब्द, स्वर, र निर्देशनमा बनेकाे “अकालमा” नामक म्युजिक विडियाे सार्वजनिक गरिएकाे थियाे । प्रस्तुत नाटक र म्युजिक भिडियाे बि.जी हस्पिटलकाे यु ट्युब च्यानलमा देख्न पाइन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-