लमजुङ । यो वर्ष मुलुकभर र मुलुक बाहिर समेत उल्लासमय वातावारणमा तिज पर्व मनाइदै छ। विगत हप्ता दिन देखि विभिन्न संघ र संगठनहरुले फरक फरक प्रस्तुती गरेर मनाइदै आएको तिज पर्वको रौनक विगतका वर्षहरु भन्दा फरक र अझ परिस्कृत रुपमा देखिएको हो।
यसै सन्दर्भमा आज शनिवार लम्जुङ् स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियले तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
सात समूह सहभागि प्रतियोगितामा रेस्म गोतामेको समूह(भारति गुरुङ ,सुस्मिता श्रेष्ठ रश्मि गुरुङ )प्रथम , मेलिना श्रेष्ठ र अनिशा सिलवाल द्वितीय , मन्दिरा धिताल तृतीय भएका थिए । प्रथम, दृतीय र तृतियलाई क्रमश ३ हजार, २ हजार, र एक हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्टुडेन्ट अफ् द मन्त निशा मिया( बि.बि.एस चौथो बर्षा), सुदिप दुलाल (बि.बि एस् पहिलो बर्षा), सगुन कडेल (बि.बि.एस तृतीय बर्षा), सुनिल भट्ट (बि.बि एस् दोस्रो बर्ष) का विद्यार्थीलाई सम्मान गरिएको थियो ।
मर्स्याङ्दी बहुमुखी क्याम्पसका सभापति सुगम देउजाको अध्यक्षता गारिएको कार्यक्रममा सचिव पुर्ण बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । स्ववियु सदस्य जुना तामाङले स्वागत मन्तव्य राखेको थिईन ।
गण्डकी प्रदेश सांसद डा. टक राज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लम्जुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङ एवम् नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य, मर्स्याङ्दी बहुमुखी क्याम्पस उपप्रमुख डा।पदम रावत, प्राध्यापक संघका अध्यक्ष शालिकराम अधिकारी, मर्स्याङ्दी बहुमुखी क्याम्पसका अध्यापक जनक राम बस्नेत, बलिन्द्र बोहरा, पुष्पराज अधिकारी, सन्तोष उप्रेती, मातृभुमि बहुमुखी क्याम्पसको स्ववियु सभापति बिशाल थापा, स्ववियु सदस्य अभिषेक पौडेल लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-