पाेखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को ५१ सदस्यीय कमिटी गठन भएको छ।

शुक्रबार भएको क्याम्पस मूल इकाइ समितिको ९ औ सम्मेलनले दामोदर भुषालको अध्यक्षतामा कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षमा करुणजङ कुवर, विनोद कुवर र इभा परियार छन् ।
यस्तै, सचिवमा सुदीप बराल, सहसचिव कृज्मा गुरुङ, अन्जना सापकोटा र राजन नेपाली तथा कोषाध्यक्षमा वन्दना सुनार चुनिएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पोखरा महानगर समिति इन्चार्ज पारसमणि पौडेलले विद्यार्थीका हकहित र समाजवादको एजेन्डा लिएर जान आग्रह गरे ।
कार्यक्रममा पोखरा महानगर समिति सचिव एवम जनप्रिय क्याम्पसका सल्लाहकार जनकराज पराजुली, वासिएल नेपाल कास्की संयोजक एङेल्स कार्की, सचिव रामचन्द्र पौडेल लगायत उपस्थित थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-