२०८० अशोज १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डेङ्गे र सापु सम्बन्धी आवश्यक तयारी अपनाउन मन्त्री सिंखडाकाे निर्देशन 

गण्डकी प्रेस
भदौ २२, २०८० १६:०२ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डेङ्गे र सापु सम्बन्धी आवश्यक तयारी अपनाउन मन्त्री सिंखडाकाे निर्देशन 
4
SHARES
Share on FacebookShare on Twitter


गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गण्डकी प्रदेशमा डेङ्गु र सापु फैलन सक्ने खतरालाई मध्यनजर राख्दै आवश्यक सावधानी अपनाउन निर्देशन दिएकी छन् ।
सकेसम्म सवैलाई रोगबाट बचाउनुपर्ने, रोग लागिहालेमा सरल र प्रभावकारी तरिकाबाट उपचार दिनुपर्ने उनले बताइन ।
गाउँमा भन्दा सहरी क्षेत्रमा सङ्क्रमण छिटो फैलने भएकोले सोही अनुसार योजना बनाएर अघि बढ्न मन्त्री सिंखडाले निर्देशन दिइन् ।
सेतोमा कालो धर्सा भएको पुतलीको झुस आँखामा परेमा सापु हुने गर्छ । सापु भएको ४८ घण्टामा उपचार नपाएमा आँखाको ज्योति समेत गुम्ने खतरा हुने हिमालयन आँखा अस्पतालका डाक्टर हरिमाया गुरुङले जानकारी दिइन । सापुले सुरुमा आँखा रातो हुने पोल्ने हुने बिस्तारै नानीमा पिप जमेर ज्योति गुम्ने खतरा हुने हुन्छ ।
गुरुङले प्रत्येक एक वर्ष बिराएर सापु नेपालमा देखिने र यो वर्षमा पनि केही ठाउँमा देखिन सुरु भएको अबको केही हप्तामा सापु धेरै देखिने सम्भावना रहेको जानकारी दिइन ।
सापु सबैभन्दा पहिला सन १९७५ कास्की जिल्लामा देखिएको थियो । त्यसपछि कास्की र कास्की वरिपरिका जिल्लामा फैलिँदै गएको छ । २०७८ सालमा १ सय ३५ जनामा सापुको सङ्क्रमण भएको गुरुङले जानकारी दिइन । यो बालबालिकामा धेरै देखिने गर्छ ।
यसबाट बाच्नको लागी घरको झा¥याल ढोकामा जाली राख्ने, झुल भित्र सुत्ने, घर तथा कोठाको लाइट मधुरो बनाउने, सेताे पुतली नछुने लगायतका सावधानी अपनाउनुपर्ने उनले बताइन ।
डेङ्गु लामखुट्टे सङ्क्रमणबाट सर्ने रोग हो । सङ्क्रमण रोग तथा सरुवा रोग अस्पतालमा डाक्टर संदिप ओझाले डेङ्गुको भाइरसबाट सङ्क्रमित पोथीले यो रोग सर्ने जानकारी दिए । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
गत वर्षमा गण्डकी प्रदेशमा ५४ हजार भन्दा बढी डेङ्गु सङ्क्रमण देखिएको थियो । ८८ जनाको मृत्यु भएको थियो ।
यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानीजस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ ।
सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको ओझा बताउँछन् । डेङ्गु एसिड एजिप्टाइ र एसिड एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइरल सङ्क्रमण हो । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।
प्रायजसो बालबालिकामा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षणहरू देखिने गर्दछन् ।
त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बिन्दु शर्माले अब डेङ्गुको चाप बढ्दै जाने सम्भावना रहेको बताए । केही हप्तामा सापु देखिने बताए ।

सम्बन्धित समाचार

कास्की प्रहरीले नै डाक्टर कुटे
अपराध

कास्की प्रहरीले नै डाक्टर कुटे

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न
अर्थ

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
समाचार

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु
प्रमुख समाचार

तनहुँका वीर बहादुर तामाङको करेन्ट लागेर मृत्यु

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू
प्रमुख समाचार

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन
प्रमुख समाचार

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कास्की प्रहरीले नै डाक्टर कुटे

कास्की प्रहरीले नै डाक्टर कुटे

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

तनहुँका वीर बहादुर तामाङको करेन्ट लागेर मृत्यु

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

चर्चित खबरहरु

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

कास्की प्रहरीले नै डाक्टर कुटे

कास्की प्रहरीले नै डाक्टर कुटे

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा