जिल्ला प्रहरी कार्यालय, लमजुङले बृद्ध महिलालाई जवर्जस्ती करणी गरी रहेको अभियोगमा एकजना पुरुष व्यक्तिलाई पक्राउ गरेको छ ।
गत १५ रातीको समयमा घरमा एक्लै सुतेकी शारिरीक रुपमा कमजोर अवस्थाकी ७६ बर्षीय बृद्ध महिलालाई जिल्ला लमजुङ राईनास नगरपालिका ६ का ५० बर्षीय बाबुराम सार्कीलाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले जानकारी दए ।
सार्की करणी गरी महिलाले हार गुहार गरे पश्चात घटनास्थलबाट फरार भएका थिए । सार्की घरदेखी केही टाढा रहेको जङ्गलको एकान्त ठाउमा लुकिछिपि बसेको अवस्थामा फेलापारी पक्राउ गरी जिल्ला अदालतमा लमजुङबाट बिहिबार ५ को म्याद थप अनुमति लिई जवर्जस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको सुबेदीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-