पाेखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा हिंसामा परेकालाई संरक्षणको लागी पुनर्स्थापना केन्द्र बन्दै गरेको बताएकी छिन् ।
मानव बेचबिखन विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा सामाजिक न्याय आर्थिक सशक्तीकरण ः मानव बेचबिखनको निर्मूल नाराको साथ आयोजना गरिएको कार्यक्रम बोल्दै मन्त्री सिंखडाले पोखरा ३३मा स्थायी पुर्न स्थापना केन्द्र निर्माण गर्ने बताएकी छन् ।
उनले अन्य १० जिल्ला अस्थायी पुर्न स्थापना केन्द्र निर्माण गर्ने योजना रहेको सुनाएको छन् । गरिबी तथा बेरोजगारीको कारण पनि मानव बेचबिखनको घटना बढेको धारणा राखेको थिइन् ।
महिलाहरूले सिप सिकेर आफै आत्म निर्भर बन्नुपर्ने बताइन । महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्नको लागी स्कुलमा नै हिंसा सम्बन्धी कक्षाहरू सञ्चालन गर्नुपर्ने बताइन ।
जिल्ला प्रशासन कार्यालय कास्की सहायक जिल्ला अधिकारी तथा सूचना अधिकारी गुरुदत्त ढकालले महिला हिंसा सम्बन्धी तथा अन्य केही आवश्यक परेमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरे ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्याधिवक्ता गोपाल प्रसाद ढकालले जनचेतना मूलक कार्यक्रमको आवश्यक रहेको बताए । उनले महिलाले छिटो अरूलाई विश्वास गर्ने कारण बेचबिखनमा पर्ने पर्ने बताइन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले महिला हिंसाका घटनामा प्रहरीलाई जानकारी दिन अनुरोध गरे । समयमै सूचना पाए महिला बेचीनबाट जोगिन सक्ने बताए ।
कार्यक्रममा सहभागी मध्य इन्सेकका प्रतिनिधि शिव खकुरेलले राज्यले महिला हिंसाका घटना न्यूनीकरण गर्न छाडेर अनावश्यक ठाउँमा बजेट लगानी गरिरहेको बताए । उनले बजेटमा र नीतिमा हिंसा न्यूनीकरण गर्ने योजना आउनुपर्ने बताइन । सहभागी मध्य विष्णु कुमारी क्षेत्रीले आफू प्रहरी र कोपिला नेपाल लगायतका संस्थाबाट पीडित भएको बताइन ।
हिंसामा परेका महिलालाई राज्यले हेर्न नसकेको गुनासो गरिन ।।

प्रतिक्रिया लेख्नुहोस्:-