नवलपरासी पश्चिम । बर्दघाट नगरपालिका ६ स्थित सडकमा यूपी ५६ एबी ५६८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बर्दघाट नगरपालिका(६ बेतानी बस्ने अर्जुन थारूको छोरा ५ वर्षीय रोहित थारूको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी पोलिक्लिनिक बर्दघाट हुँदै देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-