पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मजुवा, द्धारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको ५ औं साधारण सभा तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण वानियाले उद्घाटन गर्दै मजुवा द्धारे खरबारी क्षेत्रको विकासको लागि आफु सधै सकरात्मक भएको वताउँदै यस वर्ष पिच वाटोको लागि ४० लाख र मजुवा ओरालो वाटो ढलानको लागि ५ लाख विनियोजन गरेको वताएका थिए ।
सो अवसरमा समाजसेवीहरु प्रेमबहादुर गुरुङ, आस बहादुर गुरुङ, कुमारी गुरुङ, अमृत गुरुङ, कृष्ण गुरुङ तथा विद्यार्थीहरु पद्मा थापा, अक्सर गुरुङ र मुकेश गुरुङलाई सम्मानपत्रद्धारा र शुशिला गुरुङ, मोहन गुरुङ, रोमबहादुर गुरुङलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय भुमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, महिला अधिकारका लागि राष्ट्रिय अभियान केन्द्रीय उपाध्यक्ष दिलमाया गुरुङ, कास्की जिल्ला सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कालिका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापा, राष्ट्रिय भुमिअधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ, भूमि सम्बन्धि सरोकार संघर्ष समिति कास्कीका अध्यक्ष रमेश बालकोटीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भूमि सम्बन्धि सरोकार संघर्ष समितिक िसचिव एवम् आमा समुहकी सचिव कुमारी गुरुङले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीहरुको हकहितको लागि मोर्चा वनाएर कार्य गर्ने संघर्ष समितिको योजना रहेको पनि वताएकी थिईन ।
त्यसैगरी भुमि अधिकार तथा श्रमिक संगठन नेपाल कास्कीका अध्यक्ष टेकबहादुर पुन, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र पृथ्वीचोक पोखरा ९ का सचिव उत्तम जोशी, पत्रकार कृष्ण रानाभाट, गलेश्वर टोलविकास संस्थाका अध्यक्ष सुर्य बहादुर वानिया, सेतिगंगा आमा समुहकी अध्यक्ष रमादेवी रानाभाट र फुलबारी आमा समुहका अध्यक्ष पशुपति गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा सहसचिव सिता रानाभाटको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङको आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो । आमा समुहकी अध्यक्ष शशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कान्ती गुरुङले र कार्यक्रम संचालन सचिव कुमारी गुरुङले गरेकी थिइन ।
प्रतिक्रिया लेख्नुहोस्:-