जाजरकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्याङ लागेर बारेकोट गाउँपालिका–५ की अन्दाजी २६ वर्षीय महिला रेवती सिंहको मृत्यु भएको हो।

आइतबार दिउँसो साढे तीन बजेको समयमा चट्याङ परेको हो।
घर नजिकै रहको टोलखान स्थानमा गोठालो गएको समयमा चट्याङ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त चट्याङले अन्य कुनै क्षति भने भएको छैन।
महिलाको शवलाई प्रहरीले मुचुल्का उठाएर पोष्टर्मटमको लागि बारेकोट गाउँपालिका–२ मा रहेको अस्पतालमा लगिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-