पोखरा । नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान सुरु भएको छ । संगठन सुदृढिकरण अभियान अन्तरगत कास्की रुपा गाउँमालिका शहिद परिवारबाट सुरु भएको छ ।

शनिबार रुपामा गाउँपालिका वडा नम्बर १ मा सहिद चन्द्र खनालको घरमा भेटघाट कार्यक्रम गरिएको थिए । माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य विश्वप्रकाश लामिछाने लयातको टिम उनको घरमा पुगेका थिए । लामिछाने अहिलेका सरकारले गरेका काम, संगठन सुदृढिकरण अभियान, पार्टीको इतिकासको काम र योजनाको विषयमा छलफल गरेका थिए ।
रुपा गाउँपालिका ३ मा सहिद कमल भुजेल , तिर्थ भुजेल र सुमित्रा घिमिरेको घरमा पोल्याङ्ग नेपाल पाखामा भेटघाट तथा बैठक बसेर कार्ययोजना बनाएको नेकपा माओवादी केन्द्र रुपा गाउँपालिका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।
संविद्यान सभा सदस्य कृष्ण गुरुङ, नेकपा माओवादी केन्द्रका नेता झलक पाण्ी तिवारी, जुविदा खातुन लगायतले विभिन्न वडामा गएर जनता संग भेटघाट गर्दै सुझाव संकलन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-