एशिया कपको पहिलो खेलमा नेपालले ३४३ रनको लक्ष्य पाएको छ।

टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो। पाकिस्तानका लागि बाबर आजम र इफ्तिखर अहम्दले शतक प्रहार गरे।
कप्तान आजमले १३१ बलमा १५१ रन बनाए। उनले १४ चौका र चार छक्का प्रहार गरे। त्यस्तै, अहम्दले ७१ बलमा १०९ रन बनाए। उनले ११ चौका र चार छक्का प्रहार गरे।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ४४, फखर जामनले १४, इमाम-उल हक र अघ सल्मानले पाँच(पाँच तथा सदाब खानले चार रन बनाए।
नेपालका लागि सोमपाल कामीले दुई, करण केसी र सन्दीप लामिछानेले एक(एक विकेट लिए। पाकिस्तानका दुई खेलाडी रन आउट भए।
केहीबेरमा नेपालले ब्याटिङ गर्नेछ।
प्रतिक्रिया लेख्नुहोस्:-