पोखरा । नेपाल कम्युनिस्ट पार्टी माओवादी एमसिसीको विरोध गर्दै १६ गते नेपाल बन्दको घोषण गरेको छ ।
भदौ १० गते संसदीय दलका प्रमुखको पुत्ला जलाउने, ११ गते एमसिसी विरुद्ध प्रदर्शन गर्ने, १३ गते राजमार्गहरू बन्द गर्ने, १५ गते मसाल जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषण प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालमा षडयन्त्रपूर्ण तरिकाले नेपालमा एम सिसी ल्याएको सबै जनतालाई थाहा भएको, अहिलेको गठबन्धन सरकार एम सिसी सँग लम्पसार परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जनताको छोराछोरीलाई खाडीमा बेचेर रेमिटेन्समा मस्ती गरेर सत्ता टिकाएको, गाउँ गाउँका बिरामीले उपचार गर्न नपाएको, अहिलेको व्यवस्थाले ५ वर्ष सम्म पनि जनताको पक्षमा काम गर्न नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-