पोखरा । इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरूको शुल्क वृद्धि गर्ने तयारी भनी सामाजिक सञ्जालमा आएको खबरको विरोध गर्दै पश्चिमाञ्चल क्याम्पसमा शुल्क वृद्धिका विरुद्ध बृहत् हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेका छन् ।
असान्दर्भिक शुल्क बढेकोले विद्यार्थीलाई मर्का पार्ने र इन्जिनियरिङ अध्ययन संस्थानको सन्दर्भमा सरकारी क्याम्पसहरूकै चर्को शुल्कले सरकारी क्याम्पसहरूको औचित्य नै नरहने भन्दै अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस कमिटी इकाई अध्यक्ष वासु देव पौडेलको नेतृत्वमा सचेत प्रयत्न स्वरूप पश्चिमाञ्चल क्याम्पसमा शुल्क वृद्धिका विरुद्ध बृहत् हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेका हुन ।
शुल्क वृद्धिका विरुद्धमा WRC का सबै विद्यार्थी असमर्थ रहेको अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस कमिटी इकाई अध्यक्ष वासु देव पौडेलले बताए ।
पहिला करिब ३ लाख शुल्क रहेको विषयमा अहिले शुल्क बढाएर करिब ७ लाख ५० हजार बनाएको विद्यार्थीको भनाइ छ ।
चर्के शुल्कको विरुद्धमा सबै विद्यार्थीमा जागरण ल्याउँदै दबाब दिने अभिप्रायले सम्पन्न गरिएको हस्ताक्षर अभियानको सन्देश र तमाम विद्यार्थी वर्गको मनोभावना लत्त्याउँदै एकाएक परीक्षाको मुखमा शुल्क वृद्धि गरेको विद्यार्थीको भनाइ छ ।
आधिकारिक निर्णय सम्पूर्ण विद्यार्थीहरूलाई किमार्थ स्वीकार्य नहुने भन्दै इन्जिनियरिङ अध्ययन संस्थानको एकलौटीरुपमा गरिएको निर्णय खारेजीको माग गर्दै विद्यार्थीले कालो पट्टि बाँधी विभिन्न नारा लेखी प्ले कार्ड बोकेर नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
विद्यार्थीले क्याम्पस प्रशासनलाई शुल्क घटाउन विज्ञप्ति बुझाएका छन् ।
इकाई कमिटीले आफ्नो आन्दोलन माग पूरा हुन ढिलाइ भएको खण्डमा झनै चर्काउँदै जाने भनी इन्जिनियरिङ अध्ययन संस्थानका डिनलाई चेतावनी दिएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-