पाेखरा । नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चारको आयोजनामा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पहलमा गण्डकी प्रदेश भित्रका जिल्ला स्तरीय रेडक्रस सोसाईटीसंग रक्तसञ्चार सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
बैठकमा गण्डकी प्रदेश भित्रका ११ वटै जिल्ला शाखाका सभापति र रक्तसञ्चारका इन्चार्जहरू उपस्थित भएका थिए । बैठकमा जिल्लास्थित सभापति, प्रतिनिधिहरूबाट आआफ्नो जिल्लाको प्रगतिको अवस्थाका बारेमा विवरण पेस भएको थियो।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवालीले समग्र गण्डकी प्रदेशको रक्तसञ्चार सेवाको अवस्था लगायत वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले मन्त्रालयको तर्फबाट बोल्दै रक्तसञ्चार सेवाको लागि गण्डकी प्रदेश सरकारले रगत तथा रगतजन्य सेवा निःशुल्क गरेको बताउनुहुँदै नेपाल रेडक्रस सोसाइटीले गरेको मानवीय सेवाको प्रशंसा गरे ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गण्डकी प्रदेश सरकारले गरेको निःशुल्क रक्तसञ्चार सेवाको निरन्तरता हुने बताउदै । यससँग सम्बन्धित सेवाका लागि प्रदेश सरकारले थप सहयोग गर्न सधैँ तत्पर रहेको बताइन ।
उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दै नेपाल रेडक्रस सोसाइटीबाट हुने मानवीय सेवाको निरन्तरताको अपेक्षा गरिन ।
कम्पाउन्ड सेवा सहित तेत्तीस हजार युनिट रगत वितरण गरेको कास्की शाखा नेपालकै उत्कृष्ट सेवा प्रदान गर्ने शाखाका रूपमा हालसालै पुरस्कृत समेत भएको बताइन् ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डन्डराज शर्माले सङ्कलित रगतको गुणस्तर कायर राख्नका लागि थप योजना बनाउनुपर्ने बताउँदै रक्तसञ्चार सेवाका लागि आवश्यक हुने जनशक्ति, भौतिक पूर्वाधार, एम्बुलेन्स, भ्यान सहित औजार–उपकरणको व्यवस्थापनको चुनौती रहेको बताउनुहुँदै उक्त कार्यमा सबैको सहयोगको अपेक्षा गरे ।






























प्रतिक्रिया लेख्नुहोस्:-