पोखरा । पृथ्वी चोकमा रहेको पृथ्वी नारायण साहाको सालिक विवाद पछिल्लो समयमा चर्कँदै गएको छ । गत पुस २७ गते पृथ्वी नारायण साहाको जन्म जयन्तीमा राखिएको सालिक आदिवासी जनजाति दिवसमा हटाइयो ।
त्यसको केही दिनमा उक्त सालिक पुन राखिएको थियो । शुक्रवार राती उक्त सालिक पुन निकालियो । पोखरा महानगरपालिकाले उक्त सालिक निकालेको भन्दै राप्रपा नेपाल कास्की र गण्डकी शनिवार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गर्यो । पुत्ला दहन गर्दा सकमा काठको टुक्रा र अन्य फोहर भएको थियो ।
उक्त फोहरले सडक दुर्घटना हुने भन्दै उनीहरूले फोहर फालेको राप्रपा कास्की उपाध्यक्ष मनीष केसी बत्ताउँछन् । कार्यक्रम गर्दा केही फोहर भएको कारण दुर्घटना हुन सक्ने भएको कारण आयोजकले सफा गरेको केसीले सुनाए ।


























प्रतिक्रिया लेख्नुहोस्:-