पोखरा । वरिष्ठ मनोचिकित्सक प्रा डा निर्मल लामिछानेको हाम्री आमाू तिजी गित म्युजिक विडियो सार्वजनिक गरिएको छ ।

म्युजिक विडियो वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले शुक्रवार साँझ पोखरा १२, माटेपानी स्थित एस आर के सी ब्यानक्वोइटमा बुद्धिसागर स्मृति प्रतिष्ठानकी संरक्षक गंगादेवी लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रम विच सार्वजनिक भयो।
कार्यक्रममा वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले संगित र साधनाले जिवनलाई मनोरम प्रदान गर्दै स्वस्थ्य र स्फुर्त राख्दछ भनिन् । लोक गायिका कोईरालाले हामीले गाउने गित संगितले समाजमा प्रतक्ष प्रभाव पार्ने कुरा उल्लेख गर्दै गायनको शब्द संगीत र विषय वस्तु सन्देश मुलक हुन पर्ने कुरामा जोड दिइन ।
कार्यक्रममा बोल्दै संचारकर्मी ऋषि खतिवडाले हाम्री आमा म्युजिक विडियोले पुरानो जिवनशैलीको छायाँ छवि दर्शाउदै समाजमा बृद्ध बृद्धाहरु प्रतिको जिम्मेवार र पुस्तागत सन्देश दिन खोजेको बताए ।
त्यस्तै वरिष्ठ मनोचिकित्सक प्रा डा निर्मल लामिछानेले सांगितिक मनोरंजनले स्वास्थ्यमा ल्याउने परिवर्तनका विषयमा जानकारि बताए ।
रामप्रसद पौडेलको शब्द , प्रा।डा निर्मल लामिछाने तथा ज्योति लोहनीको स्वर, संगितकार तारानाथ आचार्यको संगित र संजिव लामिछानेको विडियोग्राफी र सुवास आमागाईको सम्पादन रहेको सो म्यूजिक विडियो वि जी हस्पिटल यु ट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-