पोखरा । पोखरा महानगरपालिका १७ पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका ७ घारीपाटन बस्ने डिल्लीराम अधिकारीको छोरा १० वर्षीय सम्बोधन अधिकारीको बिहीबार बिहान मृत्यु भएको छ ।
उक्त नहरको कुलोमा पौडी खेल्ने क्रममा कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट संयुक्त रूपमा खटिएको उद्दार टोलीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

























प्रतिक्रिया लेख्नुहोस्:-