तनहुँ । ब्यास नगरपालिका-४ जलदेवी टोल डेरा गरी बस्ने बन्दिपुर गाउँपालिका-६ घर भएकी ३३ वर्षीया सृजना गुरूङको कोठाबाट सुनका विभिन्न गहना जम्मा ४ तोला ७८ लाल र नगद ३३ हजार रूपैयाँ बुधबार साँझ चोरी भएको छ ।
घरमा कोही नभएको अवस्थामा कोठाको ताला र दराज फुटाई चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-