पोखरा । गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य विकास मन्त्री शुसिला सिंखडाले कोपिला नेपालको आयोजनामा अमेरिका र नेपालमा लैंगिक हिंसाको अवस्था बुझाइ, समानता र फरक विषयक शोधकार्यको सार्वजानिकीकरण कार्याक्रमको उद्दघाटन गर्दै संविघानमा लेखिए अनुसार समाजमा महिला हक अधिकार लागु हुन नसकेको बताइन ।
अहिले पनि नेपाली समाजमा महिला हिंसा रहेको जानकारी दिदै महिला हिंसा हुनुमा विभिन्न कारण रहेको बताइन । महिला हिंसामा पर्नुको कारण गरिबी अशिक्षा लगायत रहेको उनले सुनाइन ।
संविधानले महिला अधिकारको रक्षा गरेको मन्त्री सिंखडाले धारणा राखिन । उनले पछील्लो समयमा राज्यनको नेतृत्व तहमा महिला पुग्नु सकरात्मक पक्ष रहेको बताइन ।
महिलाले आफ्नो क्षमता देखाउन सक्ने अवसर संविधानले नै दिएको उनको भनाइ छ ।
‘३५ वर्ष अघि देखी महिला हिंसाको विषयमा आवाज उठाउदै आएको छु,‘उनले भनिन,‘अहिले काम गर्ने ठाउँमा आएको छु केही गरेर देखाउछु ।’
महिलाको हक अधिकारको क्षेत्रमा पहिलाको सरकारले भन्दा राम्रो काम गर्ने उनले प्रतिवद्धता गरिन ।































प्रतिक्रिया लेख्नुहोस्:-