पोखरा । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा पोखरा वडा नं. ११ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमी भागमा सार्वजानिक शौचालय निर्माण गरिएको छ ।
सामाजिक अभियन्ता अंशु शेर्पाको पहलमा अपांगमैत्री सार्वजानिक शौचालय निर्माण गरिएको हो । तुलसी मार्ग रानीपौवामा उक्त शौचालय निर्माण गरिएको शेर्पाले जानकारी दिए । पोखरा महानगरपालिका वडा ११ का वडा अध्यक्ष प्रेम कर्मचार्यले सार्वजानिक शौचालय नागरिकका लागि अत्यावश्यक रहेको बताए । उनले सडकमा हिड्ने यात्रीहरुका लागि ठाउँ ठाउँमा यस्ता शौचालय आवश्यक रहेको बताए ।
अंशु शेर्पाले सार्वजानिक सम्पत्तिको संरक्षण अब टोलवासीको रहेको बताए । उनले शौचालय निर्माण गरेर मात्रै नभई त्यसको सरसफाई गरिराख्नुपर्ने र नागरिकका लागि सेवा प्रवाह गर्न सकिने बताए ।































प्रतिक्रिया लेख्नुहोस्:-