पोखरा । नेपाल क्योकुसिन कान कराँते संघ कास्की शाखाको आयोजनमा पेटी परिक्षा आज शनिबार सम्पन्न भएको छ । पोखरा रंगशालमा भएको परिक्षामा पिएन क्याम्पस डोजो, रंगशाला डोजो, लेखनाथ डोजो, लिचिबोट डोजो र बागमारा डोजोका २ सय ४० भन्दा धेरै खेलाडीहरु सहभागी भएका थिए ।

सेतो बेल्डबाट पहेलोमा जाने, पहेलोबाट वरेन्ज बेल्टमा जाने, वरेन्जबाट हरियो बेल्टमा जाने हरियोबाट निलो बेल्टमा जाने, निलो बेल्टबाट खैरो बेल्टमा जाने र खैरो बेल्टमा क्यू बढाउने खेलाडी सहभागी भएका नेपाल क्योकुसिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्षुमण कुवँरले जानकारी दिए ।
संघको वार्षिक कार्याक्रम अनुसार प्रत्यक ६ महिनाको फरकमा पेटी परिक्षा हुँदै आएको छ । सुबास खड्का, निर्मल बहादुर केसी, बिनोद नेगी, सुमन प्रत्यल, धिरज परियार, संगम गुरुङ, अर्जुन बराम, सुमन बराम, अनलि बराम, मोसेस कुमाल, सम्राट सेन, सबिता ठकुरी, ममता छत्याल लगायत निर्णक भुमीका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-