लमजुङ । मर्स्याङदी गाउँपालिका ६ दिङदिङ बस्ने ७३ वर्षीय लक्ष्मण अधिकारीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई लागेको आगो निभाउने क्रममा अचानक बिद्युतको तारमा छोइएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
आगोले पोलेर सामान्य घाइते भएका १ जनाको स्वास्थ्य चौकी बाहुनडाँडामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

























प्रतिक्रिया लेख्नुहोस्:-