पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादीको जिल्ला कमिटी नवलपुरले कावासेतीको विवादित जग्गा कब्जा गरेको छ ।
कावासेती १ खयरघारी १६ नम्बर कित्ताको बिमला श्रेष्ठको नाममा रहेको जग्गामा माओवादीले कब्जा गरेको व्यानर टासेका छन् ।
व्यानगरमा उक्त जग्गा विवादीत रहेको कारण कसैले पनि प्रयोग नगर्नु नगराउन समेत उक्त ब्यानरमा लेखिएको छ । उक्त जग्गा किर्ते गरेर श्रेष्ठको नाममा ल्याएको माओवादीको आरोप रहेको नवलपुर जिल्ला कमिटी कुशल खनियाले जानकारी दिए ।
साथै ब्यानरमा लेखिएको निर्देशन गरेका जनकावाही हुने चेतावनी समेत लेखिएका छ । सम्बन्धीत पक्षलाइ उक्त जग्गा फिर्ता गर्न माग गरेको छ ।
दुखी गरिबको उक्त जग्गा हडपेर श्रेष्ठ बिदेशमा बसेर मोजमस्ती गरेको, जनतालाइ थाहा नदिए आफ्नो नाममा जग्गा लिएको, किर्ते गरेर लालपुर्जा लिएको लगाउतको माओवादीको आरोप रहेको छ ।
यस अघी गत जेठमा माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा गरेको थियो । तनहुँ ब्यास नगरपालिका १३ मा रहेको जग्गा कब्जा गरेको थियो । राष्ट्रिय स्वाधिनताको रक्षा, राष्ट्रिय सदभाव एवं एकता, राष्ट्रिय संरक्षण, अमेरिकी अधिनायकबादलाइ परास्त गर्ने भन्दै गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-