पोखरा । मिजार समाज नेपाल जिल्ला कार्यसमिती कास्कीको सातौ बिशेष सम्मेलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष उमेश सिके को अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य शिव नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै नेपालीले मिजारहरुको हक र हितका निम्ति सडक र सदन बुलन्द आवज उठाउनु पर्नेमा जोड दिए । कार्यक्रममा मिजार समाजका अध्यक्ष होम बहादुर नेपालीले समाजमा आवद्ध हुन् आग्रह गरे ।
कार्यक्रममा संविधान सभा सदस्य डि बि नेपाली, गण्डकी प्रदेश सभा सदस्य गोबिन्द बहादुर नेपाली, दमयन्ती रुचाल टीका बस्यालले बोल्दै पछाडी पारिएका वर्गहरु एकै ठाउमा उभिएर राज्यसंग लड्नुपर्ने बताए ।
उक्त कार्यक्रम कास्की जिल्ला अन्तर्गत , सरकारी सेवामा आवद्ध २३ जना मिजार कर्मचारी तथा २१ जना स्थानीय तह र प्रदेश र संघ गरि ५ जना जनप्रतिनिधि तथा आकृती सिके सम्मानित भएका थिए । यस्तै जेष्ठ नागरिक ९५ बर्षिए मैया श्री नेपाली लाई प्रमुख अतिथि माननीय शिव नेपालीले दोसल्ला ओडाएर सम्मान गरे ।
भेलाले रमेश सिकेको अध्यक्षमा कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा रमा नेपाली, सचिब आर सि नेपाली ९रोहित०, सह–सचिब कुलबहादुर पहेलि, कोषाध्यक्ष ,लक्ष्य गैर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा पदम नेपाल, सबिना नेपाली, सरस्वती नेपाली, राधा बयलकोटी, पुनम नेपाली,हेमा नेपाली, रामबहादुर नेपाली, पबित्र नेपाली, नवीन नेपाली, डि बि नेपाली, सन्तोष नेपाली, राज मोजाकोटी रहेका छन् ।

























प्रतिक्रिया लेख्नुहोस्:-