पाेखरा । पहिला दिन देखिनै गैरआवासीय नेपालि संघको अभियानमा विभिन्न पदमा बसेर अनुभव लिएका बिनोद प्रसाद बसौलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।

विगत १० वर्ष अघि देखी लम्जुङ बेसीशहर ३ गाउँशहरका बसौलाले कतारमा श्रम गर्दै आइरहेका छन् । विगतमा गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न पदमा बसेर अनुभव लिएका बसौलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको २०१७/२०१९ कार्यकालमा कार्यसमिति (सचिवालय) सदस्य २०१९/२०२१ र २०२१/ २०२३ दुई कार्यकालका लागि कोषाध्यक्ष पदमा बसेर उनले काम गरेको अनुभव रहेकाे उनले सुनाए ।
अनुभवकाे आधारमा २०२३/२०२५ कार्यकालको लागी प्रथम उपाध्यक्ष पदमा उत्कृष्ठ काम गर्ने उनले जानकारी दिए ।
यस भन्दा अघि विभिन्न पदमा जिम्मेवारी निर्वाह गर्दा हाँसिल गरेको ज्ञान ३ कार्यकालमा संघको दुई कार्यकाल कोषाध्यक्ष भएर निर्वाह गरेको जिम्मेवारी र अनुभवका साथै विगत केही वर्षदेखी कतारमा स्थापित जिल्ला संस्था लगायतका विभिन्न संघ संस्थाहरुमा आबद्ध भएर काम गर्दा संस्थागत सीप साथै म भित्रको सामाजिक भावना र उर्जालाई प्रयोग गरेर उपाध्यक्षको कार्याकाल सफल बनाउने योजना रहेको उनले सुनाए ।
साथै सम्पुर्ण मतदाताले मतदान गरेर सहयोग गर्न उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-