पोखरा । राप्रपा गण्डकी प्रदेश को आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ५० युवाहरु राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा गण्डकी प्रदेशका अध्यक्ष प्रदेश सांसद पुर्व गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ मन्त्री पन्चराम गुरुङ, गण्डकी प्रदेश सांसद प्रमुख सचेतक बिन्दु पौडेल, केन्द्रिय कोषाध्यक्ष निलकण्ठ काफ्ले, कार्य सम्पादन सदस्य पुर्व मन्त्री तोरण बहादुर गुरुङ, गण्डकी प्रदेश अन्तर्गतका केन्द्रिय सदस्य, लगायतले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
पार्टीमा प्रवेश गराउदै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष प्रदेश सांसद पुर्व गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ मन्त्री पन्चराम गुरुङले स्वागत गर्दै नयाँ जोस र उत्साहाका साथ अघि बढेमा मात्र राप्रपा सफल हुने जानकारी दिए । राप्रपामा मात्र नभइ देश बनाउने अभियानमा ५० जना जोडिएको भन्दै उनले बधाइ दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-