पोखरा । बुधबार देखी लक्ष्मी आदर्श मावीले विद्यार्थीलाइ सेवा दिने उदेश्यले बस संचालनमा ल्याएको छ ।
ग्रामिण भेगका विद्यार्थीलाई मध्यनजर गर्दै बस संचालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणी लामिछानेले जानकारी दिए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा बस संचालनमा ल्याइएको हो । पोखरा महागरपालिका २९ र ३१ का विद्यार्थिलाइ लक्षित गरेर बस संचालनमा ल्याइएको लामिछानेले जानकारी दिए ।
पोखरा महानगरपालिका २७ शिशुवामा रहेको स्कुलमा अंग्रेजी र नेपाली माध्यममा पढाइ संचालन हुँदै आएको विद्यालयमा १ हजार २ सय विद्यार्थी रहेका छन् ।
विद्यालयका प्राध्यानध्यापक रविन्द्रमणी भट्टराइले विद्यार्थीको शिक्षाको गुणतर बढाउन शिक्षकको मात्र नभइ अभिभावकको पनि हात रहेको बताए ।

























प्रतिक्रिया लेख्नुहोस्:-