पोखरा । गण्डकी प्रदेश सामाजिम तथा स्वास्थ मन्त्री सुशीला सिहखडाले शिक्षा शिक्षाको आवस्यकता बढ्नुपर्ने बताएकी छिन । शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको अनौपचारीक शिक्षा तथा जिवन पर्यन्त सिकाइका लागि सरोकारवालको भूमिका विषयक अन्तक्रिया कार्याक्रमलाइ सम्बोधन गदै पढेको प्रमाणपत्र भएर मात्र शिक्षित नहुने शिक्षाकाे गुणस्तरियता बढाउनुपर्ने रहेको बताइन ।
शिक्षामा विकासको योजना ल्याउदा कानुनी समस्या रहेको जानकारी दिईन ।

शिक्षामा स्थानिय तह प्रदेश सरकार र संघ सरकारको क्षेत्रले हेर्ने हुँदा काम गर्न समस्या हुने बताइन ।गण्डकी प्रदेश सदस्य नन्दकला नेपालीले अनैपचारिक शिक्षालाइ महत्व दिनुपर्ने बताइन । गण्डकी प्रदेश सदस्य कुमारी भुजेल शिक्षा सम्बन्धी नियम बनेपनि कार्यान्वयन गर्ने काम धेरै कठनि रहेको बताए ।
नेपाल सरकार शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले नेपालका ३५ प्रतिशत युवा युवतिको हातमा औपचारिक शिक्षाको प्रमाणपत्र नभएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-