२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले २३ हजार ९ सय ५९ उजुरी

गण्डकी प्रेस
साउन १, २०८० ११:२७ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले २३ हजार ९ सय ५९ उजुरी
9
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं । सरकारले बनाएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले २३ हजार ९ सय ५९ उजुरी आएको जनाएको छ ।

गौरी बहादुर कार्की संयोजकत्वमा गठन भएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै पश्चिम नवलपरासीसहित मधेशका आठ जिल्लामा उक्त समस्या विकराल रहेको औँल्याएको हो ।

मधेसका आठ जिल्लामा मात्र १८ हजार ३ सय ५६ले निवेदन दिएको जनाउँदै कार्की आयोगले विवाह, तिलक, व्रतबन्ध, मरण आदि सामाजिक कार्यका साथै औषधोपचार, वैदेशिक रोजगारलगायतका खर्चका लागि आवश्यकता पर्ने रकमको जोहो गर्दा चर्को ब्याजसहित ऋण लिने गरेको पनि जनाइएको छ।

देशका ६५ जिल्लामा यो समस्या रहेको औँल्याउँदै आयोगले वैशाख १७ देखि जेठ १४ सम्ममा सबैभन्दा धेरै बारामा ३ हजार ३ सय २२ निवेदन परेको उल्लेख छ।

आयोगले जेठ १७ गते देखि असार मसान्तसम्ममा १८ सय ८२ निवेदन मेलमिलापबाट फर्छ्यौट भइसकेको जनाइएको छ । सरकारले चैत २० गते कार्की नेतृत्वमा आयोग गठन गरेको थियो ।

प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव गर्ने, संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने उल्लेख छ ।

गृहमन्त्रालयले बनाएको जाँजबुझ आयोगमा परेका २३ हजार ९ सय ५९ उजुरीमध्ये १ हजार ८ सय ८० को मिलापत्र भएका छन् । कतिपय उजुरीमा १ अर्ब ७१ करोड दाबी गरिएको तर ५६ करोडमा मिलापत्र समेत भएको छ ।

मिटरब्याजमा कम्तीमा तीन गुणा लिएको साहुकारले नै स्विकारेका छन् । ४१ बिघा ८ कट्ठा ११ धुर जग्गा पीडितलाई फिर्ता गरिएको छ भने अझै ९२ प्रतिशत निवेदन जाँचबुझ गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोग अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार छलफलपछि ५६ करोड ७४ लाख रुपैयाँ लेनदेनको सहमति भएको छ ।

मिटरब्याजपीडित सबैभन्दा बढी मधेश प्रदेशको ८ जिल्लामा रहेको आयोगले जनाएको छ । आयोगले सहमति गराएको १ हजार ८ सय ८० उजुरीमध्ये मधेशका मात्रै १ हजार ४ सय ७१ छन्, जसमा २९ करोड २६ लाख लेनदेन भएकामा साहुले ६६ करोड ६७ लाख १७ हजार माग गरेको आयोगले जनाएको छ ।

छलफलपछि साहुले ३३ करोड १३ लाख ४५ हजार छाडेर सहमति गरेका छन् । १ हजार ८ सय निवेदनको छानबिन गर्दा नै यो अवस्था पाइएकाले बाँकी २२ हजार ७९ उजुरीकर्तासँग साहुले माग गरेको रकमको अनुमानै गर्न नसकिने कार्कीले बताए ।

प्रतिनिधि सभाको बैठकले आईतवार उक्त विचाराधिन बनेको मिटर ब्याजी विरुद्धको बिधेयक संसदबाट पारित गरेको छ ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै