२०८३ बैशाख २७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दर्शक कुट्ने आर्मीका खेलाडी निलम्बित

गण्डकी प्रेस
साउन १, २०८० ०७:२६ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
दर्शक कुट्ने आर्मीका खेलाडी निलम्बित
7
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । अनुशासनमा कसरी बस्ने भनेर आर्मीसँग सिक्नुपर्छ । तर, यहाँ उल्टो भइदियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी धनबहादुर भट्टले सातौं प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा दर्शकलाई मुक्का हाने । उनी नेपाली सेनाका जागिरे मात्रै होइनन्, आठ वर्षयता राष्ट्रिय टिमका ओपन स्पाइकर पनि हुन् ।

राष्ट्रिय टिमका सम्भावित कप्तानका रूपमा हेरिएका खेलाडीले दर्शकलाई प्यारापिटमै उक्लिएर मुक्का हानेको भिडियो सामाजिक सन्जालमा आएको छ, खेलवृत्तमै बहसको विषय बनेको छ । कभर्डहलमा गत सोमबार गण्डकीविरुद्ध ३–० को जित हात पारेको थियो । त्यसको तेस्रो सेटमा आर्मी २३–२४ को स्थितिमा चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीहरू अम्पायरसँग गुनासो गर्न पुगेका थिए ।

दर्शकले पनि आर्मीविरुद्ध आक्रोश पोख्न थाले । आर्मी टिम भएको कोर्टतिर पानीको बोतल हाने । आर्मीका खेलाडीहरू भीआईपी प्यारापिट नजिकै रहेका गण्डकीका समर्थकतिर खनिए । औंला तेर्स्याउँदै गालीगलौज गर्दै झम्टिन थाले । धनबहादुरले बार नाघ्दै प्यारापिटको माथिल्लो क्षेत्रमा पुगेर दर्शकलाई मुक्का हानेर ढालिदिए ।

सेनाका खेलाडीको मुक्का खाएका रामजीप्रसाद डीसी भलिबलका ठूला प्रतियोगिताका नियमित दर्शक हुन् । ‘म आर्मीको फ्यान हुँ, त्यो दिन भने गण्डकी मन परेको थियो,’ माडी गाउँपालिका–४, रोल्पाका ३३ वर्षीय रामजीले भने, ‘मैले गाली गरेको छैन, बोतल हानेको छैन । त्यत्तिकै आएर मुक्का हानिहाल्नुभयो । खै किन मलाई कुटे थाहा भएन । सेतो हाफपाइन्ट, नीलो क्याप लगाएका आर्मीका मान्छेले मेरो फोटो खिच्दै जाने बेला तलाईं पख् भन्दै धम्क्याए । त्यसपछि सुरक्षाका लागि म प्रहरी कार्यालयमा निवेदन दिन गएँ । संघले खेलाएको खेल हो, उसैले कारबाही गर्छ भन्दै प्रहरीले निवेदन लिन मानेन । संघले निवेदन दियो भनेमात्रै प्रहरीले हेर्ने भन्यो । अनि मैले संघमा निवेदन दिएँ ।’

उक्त घटनालाई लिएर गण्डकीले पनि संघमा निवेदन दियो । त्यसपछि संघले महासचिव रोशन श्रेष्ठको संयोजकत्वमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्यद्वय अञ्जु श्रेष्ठ र जुनु पुन रहेको पाँच सदस्यीय छानबिन समिति गठन गर्‍यो । समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूसँग बयान लिइरह्यो, प्रतियोगिता चलिरह्यो । धनबहादुरसहित आर्मीका खेलाडीहरू खेलिरहे । पहिला आर्मीलाई समर्थन गरिरहेका दर्शक पनि आर्मीको विरोधी बने । ‘दर्शक कुट्ने टिम बाईबाई’ को नारा नै लगाए । आर्मीको प्रदर्शन पनि खस्कियो । डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा खेलेको आर्मी तेस्रो स्थानमा खुम्चियो । समितिको प्रतिवेदनलाई सदर गर्दै संघको कार्यसम्पादन समितिले घटनाको ६ दिनपछि दोषीलाई कारबाही गर्ने निर्णय गर्‍यो, जुन प्रतियोगिता सम्पन्न भएपछि सुनाइयो ।

सम्बन्धित समाचार

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ
अपराध

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न
प्रमुख समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश
प्रमुख समाचार

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या
अपराध

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 
खेलकुद

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र