पाेखरा । जिल्ला प्रशासन कार्यालय कास्की र सामुदायिक सेवा एंव सामुदायिक प्रहरीको समन्वयमा सार्वजानिक स्थानमा धुम्रपान तथा सुतिजन्य सेवन नियन्त्र तथा नियमन कार्या सुरु भएको छैन ।
कार्याक्रमको उद्दघाटन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे यो अभियान निरन्तर अघि बढ्ने बताएका छन् । कास्की जिल्ला भरी नै अभियानले काम गर्ने बताए । नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट टाढा राख्नुपर्ने धारणा राख्दै सार्वजनिक ठाउँ , बिद्यालय, बाल सुधार गृह, हस्पिटलको सय मिटर बिक्री वितरण गरेमा ५० हजार सम्म जरिवाना लाग्ने बताए । सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ सेवन गरेमा १ सय रुपैयाँ जरिवाना लाग्रने छ ।

पोखरा महानगरपालिका ६ का वडाध्यक्ष बिष्णु बहादुर भट्टराई नेपालमा कानुन बन्ने तर कार्यनयन नहुने समस्या रहेको धारणा राख्दै विद्यालय वरिपरि एक सय मिटर क्षेत्र भित्र धुम्रपान बिक्री वितरणमा भैरहेको भन्दै यस्ता काममा सामाजले साथ दिनुपर्ने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख स्वास्थ अधिकृत बद्री प्रसाद आचार्य सर्ने भन्दा नसर्ने रोगबाट धेरै मान्छेको मुत्यु हुने गरेको भन्दै धुम्रपान र सुर्तीजन्य पदार्थ प्रयोगले ७४ प्रतिशत भन्दा बढि मान्छेको मृत्यु भएको बताए ।
समुदायीक सेवा केन्द्र समन्वय समिति कास्की अध्यक्ष भिम पराजुली सचेतनाको लागि अघि कास्कीका विभिन्न ठाउँमा र्याली सहितको कार्यक्रम गरेको अब कार्वाहीमा उत्रने जानकारी दिए ।
बिहिबारबाट सुरु भएकाे अनुगमनमा १ जनाले बिद्यालयले सय मिटर भित्र धुम्रपान गर्नेलाइ कावाही गरिएकाे छ । कार्वाही स्वरुप १ सय रुपैयाँ जरिवाना गरिएकाे पराजुलीले जानकारी दिए ।

























प्रतिक्रिया लेख्नुहोस्:-