सोलुखुम्बु । खुम्बुपासाङ ल्हामू गाउँपालिका २ सुर्केबाट काठमाडौंको लागि मंगलबार बिहान उडेको मनाङ एयरको ९एन(एएमभी हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लम्जुराडाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
मृत्यु हुनेहरूमा कास्की घर भएका हेलिकप्टरका पाइलट चेत बहादुर गुरुङ, हेलिकप्टरमा सवार मेक्सिकन नागरिकहरू फिलान्डो सिफुग्नेट्स, रिमकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो लुईज गोन्जालेज र मारिया होजे सिहिन्तेस रहेका छन् ।
उक्त हेलिकप्टर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी बेनिबाट खटिएको प्रहरीले दुर्घटनास्थलबाट शव संकलन गरी ल्याउने तथा थप उद्धार कार्य एवम् अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-