कञ्चनपुर । दोहोरो नागरिकता बनाएको कसूरमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका ५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाईपक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालतकञ्चनपुरबाट म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-