पाेखरा । सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंहखडा खेलाडीकाे जाेस जागर आगामी दिनमा अझै बढ्नुपर्ने बताईन । प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता २०८० लाई सम्बाेधन गर्दै मन्त्री सिंहखडाले पराजय हुदैन आत्तिनु नहुने बताईन । खेलाडीले निरन्तर मेहनत गरे एकपटक सफल हुने उनले सुनाइन् ।

अहिले प्रथम भएको टिम राष्ट्रिय भलिबल प्रतियोगिता यहीँ २३ गते देखि ३० गते सम्म काठमाडौमा हुने प्रतियोगिताकाे लागि शुभकामना दिईन । अबको बन्द प्रशिक्षण हुने भएकोले तयारी राम्रो गर्न शुभकामना दिईन ।
फाइनल खेलमा २५-१५, २३-२५, १७-२५, २५-१५ र १५-१० सेटकाे अन्तरले पर्वतलाई हराउँदै म्यादी पहिलो भएको हाे । माग्दीले एक लाख राशि सहित सिल्ड मेडल जित्न सफल भएको छ ।
दाेस्राे भएको पर्वतले ७० हजार सहित सिल्ड मेडल जित्न सफल भएको छ ।
प्रतियोगितामा बाग्लुङ तेस्रो भएको छ । स्याङ्जालाई १९-२५,२५-१२,२५-२३ र २५-१२ काे सेटले हराउँदै बाग्लुङ तेस्रो भएको हाे । बाग्लुङले सिल्ड मेडेल सहित ४० हजार जितेको छ ।
उत्कृष्ट स्पागर माग्दीकी पवित्रा शिर्पाली, उत्कृष्ट सेटर म्यादी रविना घर्तीमगर, उत्कृष्ट खेलाडी पर्वतकी पुजा ठकुरी घाेषित भए ।
प्रतिक्रिया लेख्नुहोस्:-