काठमाडौं । पाल्पा, तानसेन नगरपालिका-५ तिनलाँकुरी नजिकै पाल्पा-गुल्मी सडक खण्डमा शुक्रबार बिहान आएको अबिरल बर्षाको कारण पहिरो जाँदा सडक अबरोध भएको छ ।
दार्चुला, शैल्यशिखर नगरपालिका-६ पनेबांज र मालिकार्जुन गाउँपालिका-३ तेर्छालेकस्थित गोकुलेश्वर- दार्चुला हाईवे सडक खण्डमा शुक्रबार बिहान आएको बर्षाका कारण पहिरो जाँदा सडक अवरोध भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-३ भालुखोला र पाङदुर डोलमा शुक्रबार बिहान आएको अबिरल बर्षाको कारण पहिरो जाँदा हेटौंडा जाने कान्तिलोक पथको सडक अबरोध भएको छ ।
म्याग्दी, रघुगंगा गाउँपालिका-३ तल्लो बैसरीस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी जोमसोम सडक पूर्ण रुपमा अबरोध भएको छ ।
मुगु, खत्याड गाउँपालिका-८ स्थित स्याला खोला नजिक सडकमा बिहीबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अबरोध भएको छ ।
प्यूठान, माण्डवी गाउँपालिका-१ सिमलवौरमा शुक्रबार बिहान आएको वर्षाका कारण पहिरो जाँदा भालूवाङ-प्यूठान सडक खण्ड पूर्ण रुपमा अबरोध भएको छ ।
कालिकोट, शुभकालिका गाउँपालिका-१ स्थित कर्णाली राजमार्ग अन्तर्गत एस मोडमा शुक्रबार बिहान आएको अबिरल बर्षाका कारण पहिरो जाँदा सडक पूर्ण रुपमा अबरोध भएको छ ।
अर्घाखाँची, सितगंगा नगरपालिका-२ भुवनपाटास्थित गोरूसिङगे सन्धिखर्क सडक खण्डमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अबरोध भएको छ ।
मुस्ताङ, थासाङ गाउँपालिका-४ काभ्रेभिरस्थित बेनि जोमसोम सडक खण्डमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका-५ नारायणगढ मुग्लिङ सडक खण्डको ३ नम्बर पुलस्थित सडक बिहीबार राति पहिरो जाँदा अवरोध भएको छ ।
पहिरो गएको स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सडक खुलाउनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-