पोखरा । वल्र्डलिंकलेग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो ।
नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वल्र्डलिंकले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वल्र्डलिंको इन्टरनेट स्पिडस्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो। यो समयमा जब अरु सबै कम्पनीहरु मुल्यको प्रतिस्पर्धामा रहेका छन् भने वल्र्डलिंकले गुणस्तरिय सेवालाई प्राथमिकता दिएको छ।
स्ट्यान्डर्ड प्याकेजप्रयोगकर्ताले पाउछन् मनी ब्याक ग्यारेन्टी वल्र्डलिंकका ७ लाख ८० हजार ग्राहकहरुरहेका छन् । जस अन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउने छन् । हाललाईयी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याकग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन । प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याकग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँनेछन् । यो सुविधा दिनकालागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ ।
कसरी दाबी गर्ने ? कति रकम फिर्ता हुन्छ ?
ग्राहकको इन्टरनेट स्पिड स्लो हुँने वित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय,वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ ।
वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारी लाई ग्राहक को ठेगाना मा ईन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापी स्पीडको समस्या यथावत रहेमा ग्राहकलेमनी ब्याकग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ ।
रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छसो बराबरको रकममात्र फिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणकोलागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरीसकेको छ भने ६५ दिनको रकममात्र फिर्ता पाउनेछ ।
कसले दाबी गर्ने ?
इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले(२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस)यससुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन् । यदि इन्टरनेट स्पिड स्लो हुँदा वल्र्डलिंकले समस्यासमाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ ।
५१ वटा शाखामासर्भिस ग्यारेन्टीको अफर
वल्र्डलिंकले देशभरका मुख्य शहरहरुमा मनी ब्याकग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ । जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्नेछन् । जसमा देशभरका सबै मुख्य शहरहरुपर्दछन् । वल्र्डलिंकले आउने दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने छ ।
वल्र्डलिंकको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ र २७ वर्षदेखी आफ्नो उपस्थिती रहेको वल्र्डलिंकको पहुँच ७४ नेपालको जिल्लामा पुगिसकेको जानकारी गराउँदछ ।

























प्रतिक्रिया लेख्नुहोस्:-