पाेखरा । नेपाल कम्युनिस्ट पार्टी माओवादीले विप्लवले समाजवादी माेर्चाकाे नाममा दलाल संसदीय व्यवस्थासंग विप्लवले आत्मसमर्पण गरेको आराेप लगाएको छ ।
नेपालमा विगत ७१ वर्ष लामाे कम्युनिस्टको इतिहास रहेको मजदुर गरिबकाे लागि २०५२ सालमा गरिएको जनयुद्ध पार्टीको लागि र राज्य सत्ता आफुले लिन बहायक सबै भ्रम रहेको गाैरव नेतृत्वको माओवादीकाे आराेप छ ।
माओवादीले चलाएको जनयुद्धमा सर्वहारा जनताको सहभागी भएको कारण नै विभिन्न प्रकारका सामन्तवाद राज्यसत्ता ध्वस्त पारिएको माओवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुर्वराजा ज्ञानेन्द्रलाई विष्णुकाे अवतारकाे रुपमा पुजा गर्ने पार्टीसंग जाेडिदा विप्लवकाे भविष्य नरहेको संसदीय पार्टीको हातमा रहेको विज्ञप्तिमा उल्लेख छ ।
जनयुद्धको समयमा ३ बुदे सम्झौता गरेर प्रचण्डले पनि संसदीय व्यवस्था टिकाउने खेल खेलेको, एकीकृत जनक्रान्तिकाे नाटक गर्दै, आम जनतामा भ्रमकाे खेती सृजना गरेको, जनताको रगत पसिनाबाट उपलब्ध गरेको जनसत्ता बिदेशीकाे सामु बुझाएको आराेप लागिएको छ ।
सामान्ती साेच र दलाल व्यवस्था दाेहाेराे जाँताेमुनी पुरिएका नेपाली जनताले फेरि क्रान्तिकाे पार्टीकाे खाेजीमा रहेको कारण माओवादी बन्न थालेको विज्ञप्तिमा उल्लेख छ ।

























प्रतिक्रिया लेख्नुहोस्:-