काठमाडौं । पाँचथर, फालेलुङ गाउँपालिका-३ खोलाघारीस्थित गएराति पहिरो जाँदा पहिरोमा परी सोही ठाउँस्थित मामाघर बस्दै आएको सोही गाउँपालिका-४ मेमेङ घर भएका प्रदिप साउदेनकी छोरी ८ वर्षीया जुना साउदेनको मृत्यु भएको छ ।

पहिरोमा परेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै पहिरोले फालेलुङ गाउँपालिका-३ खोलाघारी बस्ने ६८ वर्षीय मन प्रसाद राईको घरमा परिएर अन्नपात, लत्ताकपडा, भाँडाबर्तन पूर्णरुपमा क्षति भएको छ ।
इलाम, फाकफोकथुम गाउँपालिका-१ पतेवास्थित आमचोक-पंचमी भित्री सडक खण्डमा गएराति आएको अविरल वर्षाको कारण पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
ईलाम, माङसेबुङ गाउँपालिका-२ पावास्थित गजुरमुखी-दमक भित्री सडक-खण्डमा अविरल वर्षाका कारण गएराति पहिरो जाँदा सडक अवरोध भएको छ ।
ताप्लेजुङ, सिरीजंघा गाउँपालिका-१ सिनाम हैरङ्गे र सोसुङ्वास्थित तेल्लोक थर्पु सडक-खण्ड, पाथिभरा याङबरक गाउँपालिका-१ सेसम्बुस्थित उत्तर-मेची राजमार्ग, आठराई त्रिबेणी गाउँपालिका-१ मालबासेस्थित भित्री सडक-खण्ड, मेरिङ्देन गाउँपालिका-३ मैवाखोलास्थित दोभान ढुङ्गेसाँघु सडकखण्डमा गएराति अविरल वर्षाका कारण पहिरो जाँदा अवरोध भएको छ ।
सिदिङ्वा गाउँपालिका-४ स्थित पाँचथर ताप्लेजुङ जोड्ने ईन्द्रावती खोलास्थित ताप्लेजुङ तर्फको पुलको साईडको सडक अविरल वर्षाका कारण गएराति खोलाले बगाउँदा सडक पूर्ण रुपमा अवरोध भएको छ । साथै मैवाखोला गाउँपालिका-३ र ४ जोड्ने ताम्राङ खोलास्थित पक्की पुल बगाएको भने झोलुङ्गे पुल बाढीले लतारी कोल्टे परेको छ ।
ताप्लेजुङ, सिरीजंघा गाउँपालिका-३ स्थित अस्थाई प्रहरी चौकी काँडेभन्ज्याङको कम्पाउण्ड वाल करिब ५ मिटर आइतबार बिहान पहिरो जाँदा कार्यालय भवन जोखिममा परेको छ भने सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरो जाँदा स्वास्थ्य चौकी भवन पूर्ण रुपमा क्षति भएको छ ।
संखुवासभा, चैनपुर नगरपालिका-११ कावा खोलामा गएराति आएको बाढीको कारण चैनपुर नगरपालिका-११ लुहाकोट बिजुवा सामुदायिक लिफ्ट खानेपानी आयोजना अन्तर्गत सभाखोलाबाट मोटर पम्प, मोटर ट्रान्सफर्मर, १ वटा भवन र सोही ठाउँ बस्ने रेल बहादुर राई समेत ८ जनाको खेत बाली बगाएको छ ।
साथै सोही बाढीले ५ जनाको घर तथा गोठ र खाँदबारी नगरपालिका-९ सभाखोला पुल छेउमा रहेको १ वटा टिपरसमेत बगाई आधार पुरिएको अवस्थामा फेला परेको छ ।
संखुवासभा, पाँचखपन नगरपालिका-८ दोभानेस्थित हेवा खोलामा बाढी आई सोही ठाउँ बस्ने सुर्य बहादुर न्यौपाने, धन कुमारी सुवेदी, अर्जुन कुमार कार्की समेतको घर र हेवा खोलामा निमार्णाधिन पक्की पुलको निर्माण सामग्रीहरु भाईब्रेटर ५ थान, गाडा ५ थान, नुजल ५ थान, प्लाष्टिक पाईप २ रोल, पानी तान्ने मेसिन १ थान, युजक क्लेम्प, विभिन्न हाते औजारहरु,
पानी राख्ने ड्रम ९ थान, त्रिपाल ३ थान, करिब २५ लाख रुपैयाँ मूल्य बराबरको फलामको डण्डीहरू, धान खेत लगायत बिभिन्न सर-सामानहरू, चैनपुर-बाह्रविसे जोड्ने पाँचखपन नगरपालिका-८ र चैनपुर नगरपालिका-४ हेवा खोलाको निमार्णाधिन मोटरेवल पुलको विभिन्न सामानहरु, ट्रयाक्टर १ थान, लिफ्ट वाला मिक्चर मेसिन १ थान समेत गरी करिब १ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति पुग्नुको साथै पुलमा आंशिक क्षति भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-