पोखरा । भारतीय चलचित्र ‘आदिपुरुष’ देशभर नचलाउन माओवादीको निदर्शन उक्त चलचित्रमा जानकी भारतमा जन्मिएको भन्दै भ्रम फेलाएको नेपाल कम्युिनष्ट पार्टी माओवादीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै उक्त चलचित्रमा कु प्रचार गरिएको भन्दै यस विषयमा गम्भिर ध्यानआकर्षण भएको जनाइएको छ ।
साथै उक्त चलचित्रको बहिस्कार गर्नको लागि देश बासीमा अनुरोध गरेको छ ।
नेपालको धर्म सस्कृति र इतिहासमाथी आक्रमण भएको गरिएको भन्दै चलचित्र प्रदर्शन गर्नेको विरुद्धमा कडा सघर्षमा उत्रने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै यस चलचित्रको विरुद्धमा देशको विभिन्न ठाउँमा नरेन्द्र मोदीको पुत्ला जलाउने जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै नेपाल कम्युिनष्ट पार्टी माओवादीले एमसिसि, सिमा क्षेत्रमा भारतमा ज्यादती गर्दै आएको भन्दै भारतको विरोध गर्दै आएको छ । शसत्र जनविद्रोहबाट मात्र समाजवादको यात्र तय हुने भन्दै शसत्र जनिवद्रोहको सुरु गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-