काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बुधबार प्रदर्शन गरेका छन्।

भष्ट्रचार विरुद्धको विभिन्न नारा लागउदै उनले माइती घर मण्डलबाट प्रदर्शन गर्दै नयाँबानेश्वरतिर जाने क्रममा प्रहरीले काठमाडौं जिल्ला अदालत अगाडि धरपकड गरेको हो। धरपकडका क्रममा १३ जना पक्राउ परेका छन्।
अहिले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा यस प्रकरणको मुद्दामा थुनछेक बहस भइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-