पोखरा । बुधबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मध्य तथा पश्चिम तराईका भू–भागमा भने अत्यधिक गर्मी हुने सम्भावना कायमै रहेको छ । मनसुन भित्रिन बाँकी रहेका कारण तापक्रम घट्न नसकेको मौसमविद्ले जनाएका छन् ।
हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-