दमौली । तनहुँको सदरमुकाम दमौली बजार नजिक रहेको चिहानडाँडामा एक जनाको बोराभित्र शव फेला परेको छ।

व्यास नगरपालिका-४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
“अहिले शवको पहिचान भइसकेको छैन। प्रहरी टोलीले घटनाको अनुसन्धान थालिसकेको छ। ” प्रहरी नायब उपरिक्षक खाँणले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-