तनहुँ ।आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित धादिङ निलकण्ठ नगरपालिका-७ सुनौला बजार बस्ने २२ वर्षीय कृष्ण बहादुर खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना. ४ ख ६३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
































प्रतिक्रिया लेख्नुहोस्:-