पाेखरा । पाेखरा ९ नयाँबजारमा रहेको दरबार मार्गमा श्रिबिन्स क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ ।

करिब १५ लाख लगानीमा संचालनमा आएको उक्त क्याफेमा नेपाल, भरत चिन लगायत विभिन्न देशका परिकार खान पाईने संचालक अजय भण्डारी भण्डारी बताउछन् ।
४५ जनाले अट्ने उक्त क्याफेमा चिकन, पाेर्क, वफकाे मात्र १५ परिकारकाे स्वाद लिन पाईन्छ । महिलाले रुचाउने रामेन पेपर राेलकाे स्वाद लिन सकिने भण्डारीले बताए ।
चाइनिज चाउचाउ राेमेन पाेखरामा अन्य ठाउँमा नपाइने भएको कारण पाेखरामा नयाँ स्वाद श्रिबिन्मा पाईने उनको भनाइ छ । साथै बिहान ४ बजेसम्म पाेखरा बजार भित्र डेलिभरीकाे सेवा रहेको छ । समाजिक संञ्जाल फेसबुक पेज भाेक लाग्यो बाट विभित्र परिकार अर्डर गर्न सकिन्छ ।
उद्घाटन अफर पनि विभिन्न परिकार अनुसार छुटको व्यवस्था गरिएको छ ।
केही समयमा पाेखराकाे जेठाेबुढाेकाे पनि खाना खुवाउने याेजना रहेको भण्डारीले सुनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-