पाेखरा । लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार भएका छन् । बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएका हुन् ।
फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेकाे स्राेतकाे दावी छ ।
जेलर कमलपती अधिकारीले उनीहरु २ जनाले मात्र भाग्ने याेजना बनाएर रातकाे २ बजे भागेकाे जानकारी दिए । “पहिलाकाे भन्दा सुरक्षा कडा बनाइएकाे छ,’ अधिकारीले भने,” ताेडफाेड केही भएकाे छैन पर्खाल नागेर उनीहरु भागेका हुन ।” रातकाे २ बजे उनीहरु भागेकाे उनले जानकारी दिए ।
बेसीसहर नगरपालिका वडा नं ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी ) प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन् । घटनाकाे भएकाे तर थप कुरा अहिले खुलाउन नसकिने उनले श्रीमलले बताए ।
विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको सुचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-