पोखरा । गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा गरेको छ । तनहुँ ब्यास नगरपालिका १३ मा रहेको जग्गा कब्जा गरेको पाटीका महासचिव गौरवले जानकारी दिए ।
सोमबार बेलुका उक्त जग्गा कब्जा गरिएको हो । राष्ट्रिय स्वाधिनताको रक्षा, राष्ट्रिय सदभाव एवं एकता, राष्ट्रिय संरक्षण, अमेरिकी अधिनायकबादलाइ परास्त गर्नको निम्ति कब्जा गरिएको गौरवले बताए ।
साथै उक्त पार्टीले विभिन्न जिल्लामा एमसिसी विरुद्ध भित्तेलेखन गर्ने, जिल्लाका सदरमुकाममा एमसिसि विरुद्ध प्रचार प्रसार गर्ने, एमसिसि विरुद्ध बिरोध प्रदर्शन गर्ने, एमसिसि खारेजको बोर्ड राख्ने लगायतका कार्याक्रम तय गरेको छ ।
साथै एमसिसि कार्यन्वयन नगर्न र फिर्ता गर्न प्रचण्ड सरकार संग जोडदार माग गर्दैै एमसिसिको एमसिसिको बिरोधमा नेपाली जनतालाइ आवहन गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-