एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन प्रहरी घाइते भएका छन्।

प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घर-दैलो अभियानमा घटिएका पोलियो कार्यकर्ताहरूको सुरक्षामा खटिएका प्रहरी घाइते भएका छन्।
आक्रमणमा पोलियो टोली सकुशल रहे पनि खोप अभियान भने अस्थायी रूपमा यस क्षेत्रमा रोकिएको छ। घाइते प्रहरीहरूको नजिकैको अस्पतालाम उपचार जारी छ। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
प्रतिक्रिया लेख्नुहोस्:-