पोखरा । लियो क्लब अफ पोखरा चौतारीको बर्ष २०२३/२४ का लागी नयाँ कार्यसमिति चयन भएको छ ।

क्लबको अध्यक्षमा सहनशिल पौडेल चयन भएका छन् ।
प्रथम उपाध्यक्षमा सन्सिल बराल , द्वितीय उपाध्यक्षमा साधना हमाल , क्लब सचिवमा धनिराम शर्मा ,क्लबको कोषाध्क्षमा केनुका थापा, सह सचिवमा लियो स्मृति पौडेल ,जनसम्पर्क अधिकारिमा लियो सन्देश अधिकारी ,सचेतकमा लियो साजन सापकोटा र टेमरमा लियो पर्मिशा पौडेल चयन भएका छन् ।
पौडेलले अध्यक्षपदमा निर्विरोध निर्वाचित गर्नुहुने सम्पुर्ण अग्रज र समकालिन लियो साथीहरुलाई धन्यवाद व्यक्त गर्दै, क्लबको गरिमा कायम गर्ने र समग्र युवाको व्यक्तित्व तथा नेतृत्व विकास साथै समुदायको सेवा गर्न प्रतिबद्ध रहने बाचा गरेका छन् ।
अध्यक्ष पौडेल नेपाल समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेश सचीव पनि हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-